अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पताल लगायत जिल्लाभरका खोप केन्द्रमा भोलीदेखि ४५ वर्ष माथिका नागरिकहरुलाई कोरोना विरुद्धको चाईनिज खोप ‘भेरोसेल’ को पहिलो डोज लगाइने भएको छ ।
जिल्लाभरका खोप केन्द्रमा भोली असोज ८ गते शुक्रबारदेखि ४५ वर्ष माथिका नागरिकहरुलाई कोरोना विरुद्धको चाईनिज खोप ‘भेरोसेल’ को पहिलो डोज लगाइने भएको हो ।
जिल्लामा ४५ देखि ५० वर्ष र ५० वर्ष माथिका छुटेका सबै नागरिकहरुलाई भेरोसेल खोपको पहिलो डोज लगाउने कार्यक्रम रहेको छ । उनिहरुलाई परीक्षाको प्रवेश पत्र र नागरिकताको प्रमाणपत्रका आधारमा खोप लगाउन दिईने छ ।
अर्घाखाँचीमा यसअघि अमेरिकी खोप ‘जोन्सन एण्ड जोन्सन’, भारतीय खोप ‘कोभिशिल्ड’ लगाइएको थियो ।