अर्घाखाँचीडट्कम संवाददाता
न्यूदिल्ली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । भारतको बरेलीमा अज्ञात समुहबाट बिसालु पदार्थ सेवन गराई लुटिएपछि संपर्क बिहिन अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीका श्याम परियार फेला परेका छन् ।
अर्घाखाँचीडट्कमले हिजो बुधवार प्रकासित गरेको समाचारका आधारमा नरपानीका श्याम परियार भारतको हरिद्वारमा आज बिहीवार फेला परेका हुन् ।
फोनबाट प्राप्त जानकारी अनुसार परियारलाई स्थानिय नेपालीहरुले डट्कममा प्रकासित फोटोको आधारमा हरिद्वारमा फेला परेका छन् । उनीलाई अर्घाखाँची फर्काउन उनका छोरा सुनिल परियार हरिद्वार हिंडेका छन् ।
नरपानीका ५० वर्षिय श्याम परियार दशैँका लागि न्यूदिल्लीदेखि नेपाल आउने क्रममा असोज १५ गते शुक्रबार बरेलीमा अज्ञात समुहबाट बिसालु पदार्थ सेवन गराई लुटिएपछि संपर्क बिहिन भएका थिए ।
बरेलीमा अज्ञात समुहले परियारलाई बिसालु पदार्थ सेवन गराई उनिसँग भएको नगद, जिन्सी सामाग्री तथा मोबाईलसबै लुटेका थिए ।
उनी लुटिएपछि एकाएक बेपता भएका थिए । उनका दाई शंकर परियार दिल्लीमा छन् ।