अफ्गानिस्तानी तालिबानद्वारा पाँच जना सर्वसाधारणलाई मारेको

अफ्गानिस्तानी गृहमन्त्रालयले आज प्रकाशित गरेको वक्तव्य अनुसार, तालिबान सशस्त्र शक्तिले अस्ति तेइस तारिखका दिन अफ्गानिस्तानको पूर्वी गोस्त प्रान्तमा सात जना सर्वसाधारणलाई अपहरण गरेपछि तीमध्येका पाँच जनालाई मारेको छ।

           बाँकी दुई जना सर्वसाधारणको अवस्था र तालिबानको उद्येश्यबारे थाहा पाएको छैन।

           थाहा भएअनुसार, अफ्गानिस्तानी गृहमन्त्रालयले त्यसबारे जाँचबुझ गर्न शुरु गरेको र उक्त दुई जना सर्वसाधारणलाई बचाउन प्रयास गरिरहेको छ।