अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले पार्टीको आठौं पुनर्गठन दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानहरुमा व्यानर पम्पलेट टाँसेको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका विभिन्न चोक शितगंगा नगरपालिका भुमिकास्थान नगरपालिका मालारानी गाँउपालिका पाणिनी गाँउपालिका छत्रदेब गाँउपालिका विभिन्न चोक चोक लगायतका स्थानहरुमा ब्यानर पम्पलेट टाँस गरेको नेकपा जिल्ला सदस्य नविन खड्काले बताए ।
नेकपा अर्घाखाँचीले भोली सितगंगा नगरपालिकामा शुभकामना आदान प्रदान गरेर पार्टी पुनगठन दिबस मनाउने जनाएको छ ।