मेरो प्यारो अर्घाखाँची

– ढुण्डि राज पाण्डे (विनायक )
बल्कोट,२ अमर पोखरी  अर्घाखाँची
( यु० ए० इ० अबु धाबीबाट )

 

मेरो  प्यारो गाँउ अनी अर्घाखाँची जिल्ला
दुई किल्ला जोडी बनाएका हुन् रे प्यारो किल्ला ,


बाइसे र चौबिसेको पालामा थिए यिनी अलग
अर्घा र खाँची मीलाई जोडे भएनन् फेरी अलग,


चारै तिर हरियाली  छन् डाँडा काँडा र पखेरा
मिर्मिरेमा गीत  गाउँदै गर्छन्  वरपर  बचेरा  ,


पुराना पौवा पुराना पाटी अनी छन् राज दरवार
मन्दिर्, गुफा,शिवालय,अनी सन्धिखर्क बजार ,


यही बसिन  सुपा देउराली बसिन माता काली पनी
अर्घाको पुर्णिमा जुनेली रात याद आउने जँहा भएनी ,


बिकासको दृष्‍टि बाट हेर्दा  पर्छ रे यो दुई नम्बरमा
देउसी,भैलो,लाखे, कालिका बाँधी नाच्छन् कम्मरमा,


यस्तो सुन्दर अर्घाखाँची छोडेर  आउनुपर्‍यो  चट्क्कै
जँहा भएनी जुन  अवस्थामा भएनी भुल्ने छैन पटक्कै,