सन्धिखर्कमा भोली कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले चाडपर्व लक्षित उपहार योजनाको नतिजा सार्वजनिक गर्ने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा कर्मचारी मिलन केन्द्रले भोली शुक्रबार चाडपर्व लक्षित उपहार योजनाको नतिजा सार्वजनिक गर्ने भएको छ । 
सन्धिखर्कमा भोली शुक्रबार कर्मचारी मिलन केन्द्रबाट संचालित दशै, तिहार र छठ पर्वलक्षित उपहार योजनाको नतिजा सार्वजनिक गर्ने भएको हो ।
उपहार योजनाको नतिजा सार्वजनिक कार्यक्रम शुक्रवार दिउँसो २.३० बजे कर्मचारी मिलन केन्द्रको सभाहलमा आयोजना गरिएको छ । 
कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले वार्षिक रुपमा चाडपर्व लक्षित उपहार योजना गर्दै आएको छ ।
कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले गत भाद्र ३० गते बुधवार सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालको नेतृत्वमा १५ सदस्यिय कार्यसमिती चयन गर्दै साधारण सभा सम्पन्न गरेको थियो ।