अर्घाखाँचीबाट कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्री मुस्कान, सदस्यमा भण्डारी, भट्टराई, पन्थी घिमिरे निर्वाचित


अर्घाखाँचीडट्कम संवाददाता 
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्री पदमा अर्घाखाँचीका विष्णुप्रसाद खनाल(मुस्कान) विजयी हुनुभएको छ । जसअन्तर्गत नव निर्वार्चित कार्यसमितिमा सबै भन्दा बढी मत प्राप्त उहाँले गर्नुभएको छ ।
खनालले ८ सय ५९ मत प्राप्त गर्नुभएको हो ।निवर्तमान सभापति समेत रहनुभएका खनाल केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ ।
यस्तै जिल्ला बाट सदस्यमा शान्ता भण्डारी , राजेन्द्र भट्टराई , लक्ष्मण पन्थी र गिता घिमिरे पनि सदस्य पदमा विजयी हुनुभएको हो ।