खाँचीकोटको चुनढुंगा उत्खनन विरुद्ध सर्वोच्चद्धारा कारण देखाउ आदेश जारी (रिट सहित)


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खाँचीकोटमा भैइरहेको  चुनढुंगा उत्खनन विरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
खाँचीकोटमा भैइरहेको  चुनढुंगा उत्खनन विरुद्ध सर्वोच्च अदालतले सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका, भुगर्भ तथा खानी विभाग, वन तथा वातावरण मन्त्रालयसहित विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
सर्बोच्चमा बिष्णु थापाले रिट दायरा गरेका थिए। अदालतको विवादको कारण केहि दिनदेखि रोकिएको थियो। अदालत सुचारु भएदेखि आज डा.कुमार चुडालको ईजलासमा सुनवाई भएको थियो र  विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको छ। अर्को सुनवाई आगामी पुस २२ गते हुने भएको छ।
सर्बोच्चमा बिष्णु थापाले दायरा गरेको रिट यस्तो छ ।