अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर १, १२ डिभर्ना, शितगंगा नगरपालिका वार्ड नं. ४ ठाडाको रातामाटा, मालारानी गा.पा.-३ खनदहको चोरकाटेमा प्रहरीले लङ रुट प्रेट्रोल अर्थात लामो मार्ग गस्ती गरेको छ ।
सन्धिखर्क वार्ड नम्बर १, १२ डिभर्ना, शितगंगा नगरपालिका वार्ड नं. ४ ठाडाको रातामाटा, मालारानी गा.पा.-३ खनदहको चोरकाटेमा प्रहरीले लङ रुट प्रेट्रोल अर्थात लामो मार्ग गस्ती गरेको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गुल्म हे.क्वा. अर्घाखाँचीको संयुक्त रुपमा प्र.ना.नि.को कमाण्डमा १६ जनाको टोलीद्वारा सन्धिखर्क नगरपालिका वडा नं.१ र १२ का वडाएरियामा, ईलाका प्रहरी कार्यालय ठाडाबाट प्र.स.नि.को कमाण्डमा ५ जनाको टोली जिल्ला अर्घाखाँची शितगंगा नगरपालिका वडा नं. ४ अन्तर्गतको रातामाटा र ईलाका प्रहरी कार्यालय खनबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली मालारानी गा.पा.-३ चोरकाटे लगायतका एरियामा हुन सक्ने चोरी, डकैति तथा आपराधिक घटनालाई न्यूनीकरण गर्ने उदेश्यका साथ गाँऊ , समाज, टोलको वस्तुस्थिति लगायत शान्ति,सुरक्षाको बारेमा बुझ्दै लङ रुट प्रेट्रोल अर्थात लामो मार्ग गस्ती तथा घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो ।