श्याम घिमिरे
वाङ्ला, अर्घाखाँची । सन्धिखर्क नगरपालीका ५ वाङ्गलामा रहेको श्री जिवनोद्धार मावि र साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त आयोजनामा माध्यमिक तहका बिद्यार्थीहरुकालागी एकदिने डिजिटल साक्षरता तालीम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सयजना भन्दा बढी बिद्यार्थीहरुको सहभागी रहेको कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक एवं अर्घाखाँची प्रमुख अन्जली केसी र शुभाष पाण्डेले डिजिटल प्रबिधिको प्रयोग, डिजिटल प्रबिधिको प्रयोगले सेवामा हुने सहजता, डिजिटल बैंकिङ्का फाइदाहरु,बचत किन गर्ने, बचतबाट हुने फाईदाहरु लगायत बैंकले प्रदानगर्ने बिभिन्न सेवा सुबिधाहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।
बैंकले यसअघि सन्धिखर्क नगरपालीका वडानं.१ मा रहेका टोल बिकास संस्थाका पदाधिकारी, पाणिनी बहुमुखी क्याम्पस र जनज्योति माबिका बिद्यार्थीहरुसंग समेत डिजिटल साक्षरता सम्बन्धी तालीम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बैंकका क्षेत्रीय प्रबन्धक एवं अर्घाखाँची प्रमुख अन्जली केसीले जानकारी दिनुभएको छ ।