सन्धिखर्कमा नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोशियसन जिल्ला समितिको बैठक सम्पन्न


भावना मगर | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोशियसन जिल्ला समितिको बैठक आज  सम्पन्न भएको छ ।
बैठकले अतिरिक्त हुलाक कार्यालयमा फर्निचरलाई व्यवस्थापन गर्ने अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरुलाई पाएक पर्ने बैंकबाट खाता संञ्चालन गरी सेवा सुविधा उपलब्ध गराउने लगायतका महत्वपुर्ण निर्णयहरु गरेको छ ।
बैठकमा धनचौर, किमडाँडा, असुरकोट, खाँचीकोट, डिर्भना, अड्गुरी, गोखुङ्गा, पटौटी, धारापानी, जुकेना, छत्रगंञ्ज, नुवाकोट लगायत २२वटा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।कार्यक्रम बुद्धिबहादुर भट्टराईको अध्यक्षता र रिता गैरे भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु