सिद्धारामा विना इजाजत सालका रुख काटेको आरोपमा ९ वर्षदेखि फरार एक व्यक्ति प्रकाउ


अर्घाखाँचीडट्कम संवाददाता 
सिद्धारा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धारामा विना इजाजत सालका रुख कटान गरेको आरोपमा ९ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले प्रकाउ गरेको छ । 
सिद्धारामा ( साविक गा.बि.स. वडा नं.६ )  विना इजाजत साल रुख कटान गरेको आरोपमा ९ वर्षदेखि फरार रहेका ४० वर्षिय  भविश्वर  पल्लीलाई लुकिछिपी रहेको अवस्थामा आज आईतवार प्रहरीले प्रकाउ गरेको हो । 
पल्लीलाई ” विना इजाजत साल रुख कटान”  मुद्धामा अर्घाखाँची जिल्ला अदालतको मिति २०६९ सालमा रु.४२,५९२।– जरीवाना गराएको थियो । 
पल्लीलाई विशेष सूचनाको आधारमा निजकै घर ठेगानामा लुकिछिपी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले  फेला पारी नियन्त्रणमा लिई   जिल्ला अदालत अर्घाखाँचीमा दाखिला गरिएकोमा सम्मानित जिल्ला अदालत अर्घाखाँचीबाट फैसला भएको जरिवाना रकम असुल भएको छ । 

अन्य समाचारहरु