अर्घाखाँचीमा एमाले जिल्ला सह-ईन्चार्ज चेतनारायण आचार्य कोरोनाबाट संक्रमित, स्वास्थ्य अवस्थ्या सामान्य


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । नेकपा एमाले अर्घाखाँची जिल्लाका सह-ईन्चार्ज, केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्य कोरोनाबाट संक्रमित हुनु भएको छ । 
उपचारको क्रममा अस्पतालमा चेतनारायण आचार्य, फाइल तस्बिर २०७३  – चेतनारायण आचार्यको फेसबूकबाट 

एमाले अर्घाखाँची जिल्लाका सह-ईन्चार्ज चेतनारायण आचार्य आज बुधवार कोरोनाबाट संक्रमित हुनु भएको हो ।
आचार्यलाई विगत ३  दिन देखि रुघाखोकी, ज्वरो र टाउको दुखाई भईरहेको र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको आशन्कामा आज एंटीजन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । 
अहिले आचार्यको स्वास्थ्य अवस्थ्या सामान्य रहेको छ ।  साथै भोलि पिसिआर परिक्षण गरिने बताइएको छ ।  
उता आचार्यले यस अघि सात ठूला रोगहरुलाई जितेर नयाँ जीवन पाउनुभएको थियो ।   
यस्तै आचार्यमा संक्रमण देखिएपछि अन्य नेता कार्यकर्ता पनि कन्ट्रयाक ट्रेसिङमा परेका छन् ।  यस अघि माओवादी केन्द्रको महाधिवेशनमा सहभागी भई फर्किएकी माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारी लगायतमा पनि कोभिड संक्रमण देखिएको थियो ।  

अन्य समाचारहरु