अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सहितका १४ वटा जनसंगठनहरुले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन ।
स्थानीय तहका पदाधिकारीको ५ वर्षे पदावधि २०७९ जेठ ७ मा समाप्त हनेहुदा समयमानै निर्बाचन घोषणा गर्न गठबन्दन सरकारले आलटाल गरेकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको अनेमसंघ केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष बिष्णु आचार्यले बताउनु भयो ।
सन्धिखर्कमा आज सोमवार अनेरास्ववियुले स्थानीय तहको निर्वाचन समयमा गर्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने उद्देश्यसाथ ज्ञापन पत्र हस्तान्तरण गरेको हो ।
अनेरास्ववियु केन्द्रिय कमिटीको सर्कुलर अनुसार अनेरास्ववियु अर्घाखाँची जिल्ला कमिटिले जिल्ला प्रशासन कार्यालयमा पुगी प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने उद्देश्यसाथ सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी विनोद खनाललाई ज्ञापन पत्र हस्तान्तरण गरेको थियो ।
नेपालको संविधानले स्थानीय सरकारमा जनप्रतिनिधि नहुने परिकल्पना गरेको छैन । उनीहरूले ५ वर्षे कार्यकाल पूरा गरिसक्दा नयाँ जनप्रतिनिधि निर्वाचित नहुने हो भने आगामी जेठ ७ गते पछि ७५३ वटा स्थानिय सरकारको वैशाखपछि कार्य अवधि सकिन्छ र शून्यता आउने भएकोले समयमानै निर्बाचन गराउन सरकारको ध्यान पुगोस भनेर ज्ञापन पत्र बुझाएको आचार्यले बताउनु भयो ।
संविधानको धारा २१४ को उपधारा ४० ले गाउँपालिका र नगरपालिकाका कार्यकारिणी कार्य गाउँ कार्यपालिका र नगर कार्यपालिकाको नाममा हुने स्पष्ट व्यवस्था गरेको छ । यसको अर्थ गाउँपालिका र नगरपालिका अब कर्मचारीले मात्र संचालन गर्न सक्दैनन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले त गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उप्रमुख, वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुनु भन्दा दुई महिना अगाडि हुने व्यवस्था गरेको छ ।
त्यस्तै, महँगी, भ्रष्टाचार, किसान आन्दोलनमाथिको दमन, खस्किदो अर्थतन्त्रलगायतका विषयलाई समेत समेटेर प्रमुख जिल्ला अधिकारीहरू मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्य गरेको अनेरास्ववियुका केन्द्रिय सदस्य अर्जुन खनालले जानकारी दिनु भयो ।
लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत नै हो। तसर्थ संविधान विपरित प्रतिगामी सत्ता गठबन्धनको विभिन्न बहानाबाजीमा निर्वाचनबाट हारिने डर र अप्राकृतिक गठबन्धनलाइ कृतिम रुपमा लम्ब्याउन सकिन्छ की भन्ने अभिलाषा प्रस्ट देखिएको अनेरास्ववियुले बताएको छ ।
यस्ता कुर्कमको भण्डाफोर गर्दै अनेरास्ववियु बिभिन्न आन्दोलनका कार्यक्रमहरु समेत अगाडि बढाउने अनेरास्ववियु अर्घाखाँचीका जिल्ला अध्यक्ष नारायण भुसालले बताउनु भयो ।