हंसपुरकी एक महिलाको कोरोना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता 
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ हंसपुरकी एक महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ । 
हंसपुरकी ५० वर्षिया महिलाको कोरोना संक्रमणका कारण आज सोमवार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा  निधन भएको हो ।
कोरोना संक्रमण भएकी ति महिलालाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएकोमा उपचारको क्रममा निधन भएको छ ।
उता जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा  हालसम्म ९२ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना  रहेका छन् ।