पाणिनी तपोभुमिमा हिउँ खेल्नेहरुको भीड (भिडियो, फोटो फिचर)

२०७८ माघ २३, आइतवारमा प्रकासित


२०७८ माघ २३, आइतवारमा प्रकासित

डिआरजी सुमन
पणेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । हिउँ परेर सेताम्य भएको अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर १ पणेना र २ पोखराथोकमा रहेको पाणिनी तपोभुमिमा हिउँ खेल्नेहरुको भीड लागेको छ ।
पाणिनी तपोभुमिमा बिहिवार र शुक्रवार परेको हिउँ खेल्नेहरुको भीड लागेको हो । अहिले प्राकृतिकरुपमा पनि मनोरम छ ।
देशकै सयौँ पर्यटकीय गन्तव्य पाणिनि तपोभूमिमा शुक्रवार राती भारी हिमपातले ढाकेको लगत्तै शनिवार विहानै गाँउपालिका अध्यक्ष गौतम सहित अर्घाखाँची पाल्पावाट आन्तरिक पर्यटनद्धारा तपोभूमि भ्रमण गरेका छन् ।
पाणिनी गाँउपालिकाको  मुख्य पर्यटकीय क्षेत्र पाणिनि तपोभूमिमा हिमपात भएको अर्कों दिन शनिवार पाल्पाको रैनादेवी र रिव्दीकोटगाँउ पालिका वाट सयौ पर्यटन भ्रमण गर्न आएको छन छन् ।  अर्घाखाँचीका विभिन्न स्थान सहित कपिलवस्तु र रुपन्देहीवाट पनि भ्रमणआएकोले पाणिनि तपोभूमिमा सवारी साधनको पनि भिडभाड रहेको थियो ।
पाणिनि गाँउ पालिका अध्यक्ष अच्युत गौतम ,ग्लोवल आईएमआई वैक दुर्गाफाट काउण्टर ईन्चार्ज श्रीराम गौतम,पाणिनि गाँउ पालिकासव इन्जीनियर अर्थ कुमार चौधरी,पाणिनि गाँउ पालिका रोज़गार संयोजक काँसीराज वेल्वासे,पाणिनि गाँउ पालिका उद्यम विकाससहजकर्ता दिनेश शर्मा,डम्वर डाँगी,अर्घाखाँची डटकम व्युरो प्रमुख डिआरजी सुमन,किरण जीसी सहित लगायतका सयौँकोसंख्यामा पाणिनि तपोभूमि शनिवार भरिभराउ नै थियो । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु