केशब घिमिरे
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेबीकाहरुलाई बृहत् पोषण विशेष व्याकेज सम्वन्धी कार्यक्रम एक कार्यक्रमको बीचमा ३ दिने तालिमको समापन गरिएको छ ।
खाँचीकोटको फुदवाङमा आज मंगलवार महिला सामुदायिक स्वास्थ्य स्वयमसेबीकाहरुलाई बृहत् पोषण विशेष व्याकेज सम्वन्धी कार्यक्रम एक कार्यक्रमको बीचमा ३ दिने तालिमको समापन गरिएको हो ।
खाँचीकोट स्वास्थ्य चौकीको आयोजना सुआहारको सहयोगमा आयोजना गरिएको कार्यक्रमको समापन गरिएको छ।मानिसको जीवनमा पोषणको अत्यन्त महत्व रहेकोले तालिममा सिकेका कुराहरुलाई समाजमा लागु गरी समाजलाई कुपोषण मुक्त समाज निर्माण गनुपर्ने बताए ।
स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द्र विकले कार्यक्रममा सहयोग गर्ने सन्धिखर्क नगरपालिका स्वास्थ्य साखा,लुम्बिनी सामाजिक बिकास केन्द्र,सुआहारा,नरपानि स्वास्थ चैकि सबैलाई हार्दिक आभार प्रकट गर्नुभएको थियो।