अर्घाखाँचीमा विप्लव नेकपाद्धारा विदाको दिन गुड्ने दर्जनौ सरकारी गाडी नियन्त्रणमा


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले सार्वजनिक विदाको दिन गुड्ने दर्जनौ सरकारी गाडी नियन्त्रणमा लिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले सन्धिखर्क लगायत जिल्लाका विभिन्न ठाउँबाट शनिवार विदाको दिन गुडेका दर्जनौ सरकारी गाडी नियन्त्रणमा लिएको हो ।
शनिबार बिहान, दिउसो जिल्लाका विभिन्न ठाउँबाट गुडेका तथा सडकमा पार्किङ गरेर राखेका सरकारी गाडीहरू नियन्त्रणमा लिएको उक्त पार्टीले जनाएको छ । प्रहरीको 
नियन्त्रणमा लिएका ४ जीप र ९ मोटरसाईकल ट्राफिक प्रहरीले कारबाही गर्ने गरी छोडिएको थियो । आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने सर्तमा गाडी छोडिएको छ । 
उता जिल्ला प्रशासन कार्यालयको अनुमती नलिएर चलाईएका सरकारी गाडीहरू नियन्त्रणमा लिएको विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले बताएको छ । भने अबदेखि सार्वजनिक विदाको दिन गुड्ने गाडीलाई नछोड्ने उक्त पार्टीले बताएको छ । 

अन्य समाचारहरु