अनिल नेपाली
गाेखुङा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ गाेखुङा र ९ हंसपुरको रतनेमारेमा रहेका बजारका खाद्य पसलमा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा शुक्रबार अनुगमन गरिएको छ ।
कार्यालयको वार्षिक कार्यक्रम अनुसार वाणिज्य फर्मअन्तर्गतका करिब ४५ वटा खाद्य पसलहरुमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पसलहरुबाट म्याद खुज्रिएका अखाद्य वस्तु बरामद गरिएको छ । उक्त पसलहरुबाट आटा, ठुलो खालको भुजा, सुर्तीजन्य पदार्थ, चुरोट, , सुजी लगायतका म्याद गुज्रिएका अखाद्य वस्तुहरु बरामद गरिएको उद्योग अधिकृत सन्तोष खनालले बताउनुभयो ।
साथै अनुगमनका क्रममा पसलनै दर्ता नगरि सञ्चालन गरेका, पसल दर्ता भएपनि मुल्यसुची नराखेका व्यापारिलाई पसलमा मुल्यसुची राख्न निर्देशन समेत दिएको उहाँले जानकारी दिनुभयो ।बरामद भएका ती सामाग्रीलाई डिस्पोज गर्ने कार्यालयका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहालले बताउनुभयो ।
बजारका अधिकांश खाद्य व्यापारीले म्याद गुज्रेका सामाग्री उपभोक्तालाई बिक्रि गरेको हुनाले अनुगमन कार्यलाई तीव्रता दिने उहाँको भनाई छ ।घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत सन्तोष खनालको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका खरिदार पोमनारायण कुँवर, मालारानि गाउँपालिका कृषि अधिकृत जय बहादुर विक हंसपुर प्रहरी चाैकि प्रमुख पत्रकार अनिल नेपाली लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।