डिआरजी सुमन
अड्गुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे पाणिनी गाउँपालिकाको वार्ड नं ७ अड्गुरीको भञ्ज्याङमा युवाहरुका लागि आधारभुत पत्रकारीता तालिमको शुरु भएको छ ।
वार्ड कार्यालयको आर्थिक सहयोग एवं एटम मिडिया प्रा.ली को आयोजनामा आज मंगलबार एक कार्यक्रमका बिच तालिमको सुरुवात गरीएको हो । तालिम २४, २५ र २६ गते गरी ३ दिन हुने आयोजक संस्थाले जनाएको छ । तालिममा ३७ प्रशिक्षार्थिको सहभागिता रहेको छ ।
यस्तै तालिमको उत्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा वडा नं ७ का वडा अध्यक्ष गुनाखर अधिकारी, नेपालि कांग्रेस पाणिनी गाउपालिका सभापति तुल्सि पौडेल, नेकपा एमाले पाणिनी अध्यक्ष कमल प्रसाद घिमिरे, वडा नं ७ का वडा सचिव कमल प्रसाद न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।
साथै कार्यक्रम एटम मिडिया प्रालीका अध्यक्ष माधव बेल्वासेको अध्यक्षता, वडा नं ७ का वडा अध्यक्ष गुनाखर अधिकारीको प्रमुख आतिथ्यता, प्रतिक्षा बेल्वासेको स्वागत मन्तब्य र पाणिनी न्युज डटकमका सह सम्पादक प्रकास प्युठानीको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
यस्तै तालिममा पत्रकार महासंघ अर्घाखाँचीका पुर्व उपाध्यक्ष गणेश खनाल, अर्घाखाँचीडट्कमका डिआरजी सुमन, महासंघका जिल्ला सदस्य घनश्याम पौडेल, समाचारपोष्ट डटकमका प्रधान सम्पादक भिम विसिले प्रशिक्षण दिएका थिए ।