अर्घाखाँचीडट्कम संवाददाता
कुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ कुरमा निर्माण भएको कुर आधारभुत स्वास्थ केन्द्र एक कार्यक्रम बीच समुदघाटन सम्पन्न भएको छ ।
कुरमा आज बिहिवार निर्माण भएको कुर आधारभुत स्वास्थ केन्द्र एक कार्यक्रम बीच समुदघाटन सम्पन्न भएको हो ।
नयाँ निर्मित भवन सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले रिबन काटी उदघाटन गर्नु भएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल वडा न. १ का वडा अध्यक्ष युबराज बन्जाडे , सन्धिखर्क नगरपालिका स्वास्थ शाखा प्रमुख पुर्ण पराजुली , सन्धिखर्क नगरपालिका का सब इन्जिनियर नारायण प्रसाद पोख्रेल वडा सदस्य हरु यमलाल पोख्रेल हिम बहादुर मुखिया जग्गा दाता बिष्णु प्रसाद भुसाल , समाजसेबि हरु यज्ञ प्रसाद पौडेल , दामोदर पौडेल धर्म राज पौडेल शालिकराम भुसाल रामनाथ पौडेल कुर आधारभूत स्वास्थ केन्द्र कि प्रमुख रन्जु भुसाल आचार्य स्वास्थ महिला स्वम सेविका हरु समाजसेबि पार्बता श्रेष्ठ नेपाल् पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य दलित पत्रकार संघका जिल्ला सदस्य बिक्रम नेपाली नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायत को उपस्थित रहेको थियो ।
नयाँ निर्मित भवन समुदघाटन कार्यक्रममा जग्गा दाता बिष्णु प्रसाद भुसाललाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
वडा न.२ का वडा अध्यक्ष मोतिजङ रायमाझीको अध्यक्षता पार्बता श्रेष्ठको स्वागत तथा वडा सदस्य शुस्मा श्रेष्ठको संचालनमा सम्पन्न भएको छ ।