बंङगलादेशको राजधानी ढाकामा धनाढ्यहरु बसोबास गर्दै आएको क्षेत्रमा आगलागी हुँदा एकसय जना भन्दा बढीको मृत्यु भएको छ भने सय भन्दा बढी घाइते भएा छन् । आगलागीका क्रममा भएको हताहतीमा महिला र बालबालिकाको बढी मृत्यु भएको बिबिसीले जनाएको छ । आगलागिका कारण कयौ भवन भत्किंदा भवन भित्र सयाँैको सङख्यामा मानिसहरु पुरिएका कारण मर्नेको सङख्यामा बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । विजुलि ट्रान्सफर्मरमा भएको विस्फोट पछि आगो लागेको र तीब्र गतिमा आगो फैलिएको त्यहाँका प्रहरीहरुको भनाई उधृत गर्दै अन्तर्राष्टिय संचारमाध्यमहरुले जनाएका छन् । अहिले उद्धार कार्य भइरहेको छ ।