सन्धिखर्कमा एमाले निकट राष्ट्रिय उधोग व्यवसाय महासंघको नगर भेला सम्पन्न, अध्यक्षमा प्रमोद ज्ञवाली चयन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिकामा नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय उधोग व्यवसाय महासंघको सन्धिखर्क नगर स्तरिय भेला सम्पन्न भएको छ । 
सन्धिखर्क नगरपालिकामा आज शुक्रवार नेपाल राष्ट्रिय उधोग व्यवसाय महासंघको नगर स्तरिय भेला सम्पन्न भएको हो । 
कार्यक्रम महासंघका केन्द्रीय सदस्य बेदराज घिमिरेको अध्यक्षता, जिल्ला इन्चार्ज तथा पार्टी जिल्ला कमिटी सदस्य  कृष्ण श्रेष्ठको प्रमुख आतिथ्य, जिल्ला कमिटी सदस्य तथा पार्टी नगर कमिटी अध्यक्ष  श्रीकृष्ण भुसालको विशिष्ट आतिथ्य र केन्द्रिय सदस्य तथा पार्टी जिल्ला कमिटी सददस्य  योगेन्द्र खड्का लगायतको आतिथ्यमा सम्पन्न भएको छ । 
कार्यक्रम पार्वता श्रेष्ठले संचालन गर्नुभएको थियो । भेलाले प्रमोद ज्ञवालीको अध्यक्षतामा २८ सदस्यिय तदर्थ समितिको गठन गरेको छ ।

अन्य समाचारहरु