अर्घाखाँचीमा घर-घर जाऔं, काङ्ग्रेस जिताऔं अभियान शुभारम्भ कार्यक्रम छत्रदेवबाट शुरु

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा घर-घर जाऔं, काङ्ग्रेस जिताऔं अभियान शुभारम्भ कार्यक्रम छत्रदेव गाउँपालिकाको पावन भुमि रासिप भवनबाट शुरु भएको छ।
घर-घर जाऔं, काङ्ग्रेस जिताऔं अभियान शुभारम्भ कार्यक्रम आज आईतवार छत्रदेव गाउँपालिकाको पावन भुमि रासिप भवनबाट शुरु भएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शान्ति परियार, काँग्रेस नेता तथा पुर्व राज्यमन्त्रि रेवती प्रसाद भुसाल, नेता रामबहादुर बिसी, काँग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री बिस्नु मुस्कान, काङ्ग्रेस अर्घाखाँचीका पुर्व पार्टी सभापति कमल प्रसाद भुसाल, काँग्रेस लुम्बिनि प्रदेश सदस्य शान्ता  भन्डारी,  रोमलाल खनाल, बिस्नु सापकोटा, काँग्रेस उपसभापति बिस्नु भुसाल,  जिल्ला सचिव अच्युत गौतम, कोषाध्यक्ष बिष्णु क्षेत्री, सहसचिव कमल पौडेल मेघराज पाण्डे, महाधिवेशन प्रतिनिधि लेखनाथ पोख्रेल, पिताम्वर खनाल, पुर्व जिल्ला सचिब लोकेन्द्र बिक, पुर्व कोषाध्यक्ष कृष्ण ज्ञवाली, जिल्ला सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख सुर्य प्रसाद भुसाल, जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ,  प्रदेश (क) का सभापति राजेस पन्थि, छत्रदेव  सभापति बालकृष्ण पोख्रेल,  नेविसघका अध्यक्ष भरतमणि भट्टराई  लगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रम काङ्ग्रेस अर्घाखाँचीका सभापति केसब श्रेष्ठको सभापतित्व, जिल्ला उपसभापति बाबुराम पौडेलको स्वागत  र  जिल्ला सचिब कृस्न प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो । काँग्रेस अर्घाखाँचीले ६१ वडामा जिल्ला प्रतिनिधि खटाएको छ । 

अन्य समाचारहरु