अर्घाखाँची जिल्ला प्रशासन कार्यालयबाट बिधुतिय राहदानी ई–पासपोर्ट वितरण शुरू

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रशासन कार्यालयबाट बिधुतिय राहदानी (ई–पासपोर्ट) बनाउन शुरु भएको छ । 
अर्घाखाँची जिल्ला प्रशासन कार्यालयले गत आईतवारदेखि परिक्षण गरी ई–पासपोर्टको औपचारिक शुरुवात गरेको हो ।
सरोबर जडानदेखी कोठा तथा आवश्यक उपकरणको जडान लगायत सबै ई–पासपोर्टको तयारी पुरा गरी खुल्ला गरिएको छ । 
डिजिटल चिपमा आधारित ई–पासर्पोट जारी भएपछि सेवाग्राहीलाई झन्झट कम हुने र आफ्नो विवरण पनि थप सुरक्षित हुने छ । सर्वसाधारणलाई चकलेटी रंगको पासपोर्ट वितरण गरिनेछ । 
हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विधुतीय राहदानीमा विधुतीय चिप र एन्टेना जडान गरिएको छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुनेछन । यी विवरणहरु राखेर चिप लक गरीसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । पोलिकार्बोनेट सहितको विधुतीय राहदानी हो । पोलिकार्बाेनेट सहितको डाटापेजमा विधुतीय चिप र एन्टेना जडान गरिएको हुन्छ जुन आँखाले सहजै देख्न सकिदैन । यो तेश्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो । साधारण राहदानीको रङ्ग चकलेटी खैरो हुन्छ ।
साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी छन् । अब जारी हुने राहदानीहरु कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, साधारण ३४ र ६६ पृष्ट सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुनेछन् ।
राहदानीको लागि निवेदन कसरी दिने ?
यसको लागि अनिवार्यरुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । छिटो बुकिग गर्नेको पालो पहिले आउँछ ।तल उल्लेखित लिंक खोलेपछि आवेदनको प्रकार र राहदानीको प्रकार छान्नु पर्छ । पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण (Renewal) र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) भन्ने Option छानेर फाराम भर्नु होला ।
नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ ।
राष्ट्रिय परिचयपत्र Activate भए नभएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको हट लाइन नम्बरमा (www.donidcr.gov.np/)  फोन गरेर वा भाइबर ह्वास्ट एपमा मेसेज पठाएर एकीन गरी सकेपछि मात्र लाइभ इन्रोलमेन्टको लागि आउनु होला ।
एक वर्ष वा सोभन्दा बढी पुरानो राहदानीको म्याद हुनेको हकमा विद्युतीय राहदानी जारी हुने छैन ।
विद्युतीय राहदानीको लागि फारम भर्न यो लिंक खोल्नुहोला ।
 https://emrtds.nepalpassport.gov.np

अन्य समाचारहरु