जग्गा अतिक्रमनमा पर्न थालेको भन्दै ध्यानाकर्षण

गणेश चुदाली अर्घाखाँची, हाल काठमान्डौ  

 

राप्ती अंचल अस्पताल तुलसीपुरले अस्पतालको परीसरमा रहेको जग्गा अतिक्रमनमा पर्न थालेको भन्दै आफनो ध्यानाकर्षण भएको जनाएको छ । पातुखोलाको टरीगाँउ ५ गौरीगाँउको मौजा िसंचाइका लागि रहेको कुलोको पुर्वतर्फको जग्गा अतिक्रमणको प्रयास भैरहेको भन्दै स्थानीयबासीन्दाले पनि विरोध जनाएका छन् । अस्पताल विकास समितिका अध्यक्ष महादेश शाहले आज एक विज्ञप्ती प्रकाशित गरि केही व्यक्तिहरुले पलटीङ् गरी अस्पतालको नाममा रहेको जग्गा बिक्री वितरण गर्ने तयारी गरिरहेको भन्ने सुचना मिलेको उल्लेख गर्दै आपत्ति जनाउनु भएको छ । निर्माणाधिन अस्पतालका लागि राप्तीवासीले महायज्ञ लगाई करिब २ करोड बढी रुपैया संङकलन गरेका थिए ।