नरपानीमा वातावरण व्यस्थापन सम्बन्धी अभिमुखिकरण सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको    सन्धिखर्क नगरपालिकाद्वारा वातावरण व्यस्थापन सम्बन्धी अभिमुखिकरण तथा प्रदुषण मापन कार्यक्रम विभिन्न  कार्यक्रमका बिच सम्पन्न भएको छ।
   सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिक , प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , बाताबरणिय बिज्ञ डा. बिकाश अधिकारी जैविक बिज्ञ प्रवेश तिवारी , कार्यपालिका सदस्य सुमित्रा मुखिया , पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल प्रदेश सदस्य प्रेम नारायण आचार्य लगायतको उपस्थित रहेको थियो साथै सन्धिखर्क नगरपालिकाले बाताबरण प्रदुषण नाप्ने मेसिन समेत जडान गर्नुका साथै सन्धिखर्क नगरपालिका वडा न. ६ को गगा सरोबर नरपानीमा बृक्षा रोपण समेत गरेको छ ।
    सन्धिखर्कको सभाहलमा आयोजित अभिमुखिकरण कार्यक्रमको बाताबरण संरक्षक समितिका  अध्यक्ष प्रीतम थापाको अध्यक्षता प्रमुख प्रशासकीय अधिकारी नारायण अर्यालको स्वागत कार्यक्रम प्रमुख मिना बस्याल भट्टराईको सहजीकरण र नारायण पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु