श्रीलङ्कामा गृहयुद्ध समाप्त गरेपछि राष्ट्रिय साझेदारी सम्पन्न हुनका लागि गठन गरिएको शान्ति समितिको काम सुरु

श्रीलङ्का सरकारले हिजो देशको गृहयुद्ध समाप्त गरेपछि राष्ट्रिय साझेदारी सम्पन्न हुनका लागि गठन गरिएको शान्ति समितिको काम सुरु हुने कुरा व्यक्त गरेको थियो।

          श्रीलङ्काका राष्ट्रिपतिको कार्यालयद्वारा सार्वजनिक विज्ञाप्तिमा राष्ट्रपति माहिन्दा राजपाक्छेले हिजो उक्त समितिका सदस्यहरुसँग भेट-वार्ता गर्नुभएको जनाइएको छ। राष्ट्रपति राजपाक्छेले देशको गृहयुद्ध समाप्त भएको एक वर्षदेखि यता कार्यान्वयन पार्टीले राष्ट्रपतीय र संसदीय निर्वाचनमा व्यापक समर्थन हासिल गरेको छ भन्दै त्यसैले वास्तविकतामाथि छानबीन गर्ने र शान्ति प्रक्रिया शुरु गर्ने ठीक समय आएको बताउनुभयो।

          गतवर्षको मे महिनामा श्रीलङ्काली सरकारी सेनाले सरकारविरोधी सशस्त्र शक्ति एल टि टी इमाथि विजय पाएको थियो। यसै गरी स्वदेशमा तीस वर्षसम्म रहेको गृहयुद्ध समाप्त भएको थियो। तर केही अन्तर्राष्ट्रिय मानवतावादी संगठनले युद्धको अन्तिम अवधिमा श्रीलङ्काली सरकारी सेनाले युद्ध सम्बन्धी ऐन-कानून अवलम्बन नगरेको दाबी गरेको थियो र यसमा छानबिन गर्ने अनुरोध गरेका थिए।