अनिल नेपाली
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको जिल्लाकाे सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाको अमलडाँडामा बालक चितुवाकाे आक्रमणबाट मुत्यु भएको छ ।
वाङ्लाको अमलडाँडामा गुल्मी जिल्लाकाे रेसुगा नगरपालिकामा ८ मा बस्ने जुना नेपालीका ७ वर्षिय छाेरा सम्राट नेपालीको चितुवाको आक्रमणबाट मुत्यु भएको हो ।
वाङ्लाको अमलडाँडा निवासी लाल बहादुर नेपालीका भान्जा सम्राट वाङ्ला मावली घरमा बसि श्री भगवती आधारभुत बिधालयमा कक्षा २ मा अध्यनरत थिए ।
विधालयबाट घरमा फर्की झेला राखि – खाजा खाई विहिवार साँझ करिव ७ बजेको समय आरु खान जाँदा आमा भएको ठाउँमा पुग्दा चितुवाले एक्कासी आक्रमण गरि जंगलमा लगेको थियो ।
बालक हराएको केही घण्टापछि जंगलमा खोजी गर्दा एक किलोमिटर पर मृत अवस्थामा बालकको शब फेला परेको परेको प्रहरी निरिक्षक तथा सुचना अधिकारी शकर खड्काले अर्घाखाँचीडट्कमलाई बताए ।
बालकको गुप्ताङ्ग र साप्राको मासु खाई भोक्रो फोरीको अवस्थामा बालकको मृत शरीर फेला परेको छ । बालक स्कुलबाट घरमा झेला राखि आरु खान जाँदा आमा भएको ठाउँमा पुग्दा बाघले खाएको आशंका गरिएको छ ।
मृतकको सनाखतको प्रहरी घटनास्थलमा पुगेको छ ।
अर्घाखाँचीमा फेरि चितुवाको बिगबिगी बढेको देखिन्छ । भने ठाउँ – ठाउँमा घरेलु जनावरलाई आक्रमण गर्दै आएको देखिन्छ ।