अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा छाला जुत्ता व्यवसायी संघ अर्घाखाँचीको भेला सम्पन्न भएको छ ।
शुक्रवार सन्धिखर्कमा सम्पन्न भेलाले बिष्णु परीयारको अध्यक्षतामा १६ सदस्यीय अर्घाखाँची छाला जुत्ता व्यवसायी संघ जिल्ला कार्य समितिको गठन गरेको हो । जसको उपाध्यक्षमा टामलाल नेपाली,सचिवमा सुभाष नेपाली, कोषाध्यक्षमा कोषाराम नेपाली र सहसचिबमा लक्ष्मण नेपाली चयन हनुभएको छ ।
यस्तै समितिको सदस्यहरुमा राजु नेपाली,कमल नेपाली,प्रकाश नेपाली,बाबुराम नेपाली लक्ष्मण नेपाली,तिलक नेपाली,रामु नेपाली बुद्धि नेपाली,इश्वरी नेपाली चन्द्र बहादुर नेपाली र शिब नेपाली सर्बसम्मत चयन भएको समितिका अध्यक्ष विष्णु परीयारले जानकारी दिनुभयो ।
समितिले जिल्लाभर छरीएर रहेका सबै छाला जुत्ता व्यवसायीहरुलाई संगठित गरी व्यवसायीहरुको हकहितमा कामगर्ने जनाइृएको छ ।