गणेश चुदाली
अर्घाखाँची टाईम्स अर्घाखाँची प्रतिनिधि
नवलपरासीको कावासोतीमा आफ्नै श्रीमतीलाई कुटपिट गरि घाइते बनाउने होमबहादुर खड्कासहित चारजनालाई प्रहरीले पक्रेको छ । कावासोती गाविस वडा नम्बर ६ बस्ने ५२ वर्षका होमबहादुर खड्काले आफ्नो ३५ वर्षकी श्रीमती तुलमाया खड्कालाई कुटपिट गरि घाईते बनाएपछि प्रहरीले उनीसहित कुटपिटमा संलग्न ४ जनालाई पक्रेको हो ।
होमबहादुरसँगै पक्राउ पर्नेमा स्थानिय जमुना परियार विष्णु परियार र जमनी िसंह परियार रहेको कावासोती प्रहरीले जनाएको छ । कुटपिटबाट तुलमायाको टाउकोमा गम्भिर चोट लागेकोले कावासोतीमा उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन लगिएको छ । कुटपिटको कारण भने खुल्न सकेको छैन ।