– अर्घाखाची डट्कम, सम्बाददाता ।
क्रान्तिकारी विद्यार्थी आन्दोलनको मूल प्रवाह, बलिदान, त्याग र समर्पणको प्राय हाम्रो गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) नेपालको दलाल संसदीय व्यवस्थाबाट निर्देशित वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तनसँगै वैज्ञानिक समाजवादी शिक्षा स्थापनाका खातिर र आम नेपाली विद्यार्थीहरुको हक, हित र अधिकारको पक्षमा र शिक्षा क्षेत्रमा देखिएका तमाम खाले विकृति, विसंगति र विभेदका विरुद्ध निरन्तर र निर्मम संघर्ष गर्दै सडक बाघको रुपमा स्थापित संगठन भएको कुरा सर्वविदितै छ ।
यसै सन्दर्भमा अर्घाखाँचीको शितगंगा नगरपालिकाको पछिल्लो निर्णय र पिडित शिक्षक कर्मचारीको जनगुनासो अनुसार नगरपालिकामा कार्यरत कर्मचारि, स्रोतब्यक्ति र मुख्यगरी शिक्षा क्षेत्रमा महत्वपुर्ण योग्दानपुयाउँदै आउनु भएका सट्टा शिक्षकको रोजीरोटी माथी धावा बोल्ने, आफुलाई सर्वमान्य अधिकार सम्पन्न मालिक ठान्ने जनप्रतिनिधिको निणर्य प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
एकातिर दलाल संसदिय व्यवस्थाका मतियारहरुले तिव्र गतिमा ठुला ठूला राष्ट्रघात र जनघात गर्दै एकपछी अर्को जनताको विश्वासबाट बाहिरिदैछन भने स्थानिय सरकारको नेतृत्व गरिरहेका दल र त्यसका हिस्सेदारहरुले दलिय सिन्डिकेटको झझल्लो दिने गरि राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरूको मनोबल गिराउने, हतोसाहित बनाउने र आफुप्रती आस्था राख्न वाध्य बनाउने प्रकारको कार्य निन्दनिय छ।
यस कारण नगरपालिकालाई उक्त निर्णय सच्चाउन अनुरोध गर्दछौ। नगरपालिका हाम्रो माग प्रति गम्भीर भएर २४ घण्टा भित्र निर्णय फिर्ता गर्न अनुरोध गर्दछौ । अन्यथा शिक्षक कर्मचारीहरुको पक्षमा कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने छौ। आन्दोलन बाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुनेछ ।
नेपाल कम्युनिस्ट पाटि बहुमत निकट जिल्ला समिति अर्घाखाँचीले जिल्लाकाे शितगंगा नगरपालिकाको पछिल्लो निर्णय र पिडित शिक्षक कर्मचारीको जनगुनासो नगरपालिमा कार्यरत कर्मचारि, स्रोत ब्यक्ति र मुख्यगरी शिक्षा क्षेत्रमा महत्वपुर्ण योग्दान पुयाउँदै आउनु भएका शिक्षक कमंचारी भएको निणंय प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला अध्यक्ष पदम नेपालीले शुक्रबार एक प्रेस बिज्ञप्ती जारि गदै आफुलाई सर्वमान्य अधिकार सम्पन्न मालिक ठान्ने जनप्रतिनिधिको निणर्य प्रति आफ्नो सगठनकाे गम्भिर ध्यानाकर्षण भएको जनाएको छन् । नेपालीले एकातिर दलाल संसदिय व्यवस्थाका मतियारहरुले तिव्रगतिमा ठुला ठूला राष्ट्रघात र जनघात गर्दै एकपछी अर्को जनताको विश्वासबाट बाहिरिदैछन भने स्थानिय सरकारको नेतृत्व गरिरहेका दल र त्यसका हिस्सेदारहरुले दलिय सिन्डिकेटको झझल्लो दिने गरि राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरूको मनोबल गिराउने, हतोसाहित बनाउने र आफुप्रती आस्था राख्न वाध्य बनाउने प्रकारको कार्य निन्दनिय छ।
यसकारण नगरपालिकालाई उक्त निर्णय सच्चाउन अनुरोध गदै जनविपरीत गरेका निणंय नगरपालिकाले २४ घण्टा भित्र निर्णय फिर्ता गर्न अनुरोध समेत गरेको छ अन्यथा शिक्षक कर्मचारीहरुको पक्षामा कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने र आन्दोलन बाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने प्रेस बिज्ञप्तीमा उल्लेख गरेका छन्