काठमाडौं । बाराको अमलेखगन्जमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।
दुर्घटनापछि हेटौंडा अस्पताल, मकवानपुर सहकारी अस्पताल र चुरेहिल अस्पताल पुयाइएका १६ जनालाई मृत घोषणा गरिएको हाे । मृतकको सनाखत भने भइसकेको छैन्। बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिकै दशैंकाे दोस्रो दिन (बिहिबार) भएको दुर्घटनामा अधिकांश टीक ग्रहण गर्न हिंडेका यात्रु रहेका छन् ।
हेटौंडामा उपचार हुन नसकेपछि गम्भीर घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । ५१ जना यात्रु बोकेर चितवनको नारायणगढबाट बाराको पथलैयातर्फ गइरहेको ०६–००१ ख ०११० नम्बरको बस ओरालो सडकमा दुर्घटनामा परेको हो । तीब्र गतिका कारण बस दुर्घटना भएको प्रहरीले पूर्वानुमान गरेकाे छ ।इमजेले समाचारमा उल्लेख गरेको छ।