अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले जन भावना बिपरित काम गर्ने एमालेका उम्मेद्बार हरुलाइ जनताले निर्वाचनमा पराजित गराइदिने बिस्वास राखेकी छन । उनेल भोटको सम्मान गर्नेलाइ मात्र भोट दिन आग्रह पनि गरेकी छन् ।भुसालले पाणिनी गाउपालिकाका मतदाता संग कुराकानी गर्दै भोट दिएर जिताए पछि जनताको काम गर्नु पर्ने भन्दै बिचमै भाग्नेलाइ भोट दिएर मत खेर नफाल्न अनुरोध गरेकी हुन् । अर्घाखाँचीबाट जितेर जनताको भावना अनुसार काम नगरी संसद विघटन पक्षधर बनि जनताको मतको अवज्ञा गरेको भुसालको भनाइ छ ।
जनभावना बिपरित काम गर्नेलाई अब जनताले नै आफ्नो बिबेक प्रयोग गरि हराउनु पर्ने भुसालको तर्क छ । जनमतको भरपुर प्रयोग गरि काम गर्नु पर्ने बेला त्यसो नगरेको उनको आरोप छ ।
देशलाइ संकट परेको भएर जनआदेश बिना पनि नेपाली काँग्रेस सहितका अन्य दलहरु मिलेर गठबन्धनको सरकार बनाउनु परेको भन्दै गठबन्धनले देश र जनताको लागि काम गर्ने भुसालको भनाइ छ । सोही अनुरुप अर्घाखाँची जिल्लाको समग्र बिकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन समेत भुसालको आग्रह छ ।
भुसाल अर्घाखाँचीमा गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदको साझा उम्मेदवार रहेकी छन ।