भारतमा मास्क अनिवार्य

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा पुनः मास्क अनिवार्य गरिएको छ ।

दुई महिनाअघि मास्क लगाउनुपर्ने नियम हटाइएकोमा चीन लगायतका देशहरूमा कोरोना संक्रमण उच्च भएपछि पुनः मास्क लगाउने नियम लगाइएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बिहिबार बसेको उच्च स्तरीय आकस्मिक बैठकले सार्वजनिक स्थानमा मास्क नलगाए जरिवाना समेत गर्ने निर्णय गरेको हो ।

केन्द्र सरकार र राज्य सरकारहरुले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत आह्वान गरेका छन् । भारत सरकारले गत बुधबारदेखि देशभरका विमानस्थलमा विदेशबाट आउने यात्रुहरूको कोरोना परीक्षण गर्न सुरू गरिसकेको छ ।

पछिल्लो समय चीन, जापान, दक्षिण कोरिया, अमेरिका र फ्रान्स लगायतका देशमा कोरोन संक्रमण तीव्र रूपमा बढिरहेको छ ।