-अर्घाखाची डट्कम सम्बाददाता ।
सन्धिखर्क -७ खांचिकोटका दृस्टिबिहिन अपाङ्ग पदम बहादुर कामिलाइ सन्धिखर्क वार्ड -७ को कार्यालय र चन्द्र प्रभा युवा क्लवको पहलमा मानव सेवा आश्रम रुपन्देही पठाइएको छ ।
पदम बहादुर शारीरिक र मानसिक रुपमा अशक्त भएको र उनको घर परिवारमा कुनै पनि सदस्य नरहेको हुदा उनको रेखदेखमा कठिनाइ भै झन दुख पाउने अवस्था हुदा मानव सेवा आश्रममा पठाउन पहल गरेको युवा क्लवले जनाएको छ ।
पदम बहादुर कामी सन्धिखर्क -७ का बुद्दिमान कामिका छोरा हुन तर हाल उनको नजिकको परिवारका सदस्य कोहि नहुदा उनको जिवनयापन कस्टकर बनेको थियो ।
तस्बिरहरु :