एजेन्सी । टर्कीमा गत सोमबार गएकाे भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३४ हजार नाघेको छ। भूकम्प गएको एक हप्ता बितिसक्दा समेत भग्नावशेषमा च्यापिएका मानिसहरुको खोजी कार्य जारी रहेकाे छ ।
मृतककाे संख्या पनि बढिरहेकाे छ । टर्कीमा अहिलेसम्म मृत्यु हुने संख्या २९ हजार ६ सय ५ पुगेको छ भने सिरियामा ४ हजार ५ सय ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ । उद्धारकर्मीहरुले टर्कीमा भूकम्प गएको १ सय ५० घण्टापछि १० वर्षीय बालिकालाई जीवितै उद्धार गरेका छन् ।