-डिआरजी सुमन , अर्घाखाँची डटकम।
दुर्गाफाँट, अर्घाखाँची ।
मंगलवार २३ फागुन २०७९ । नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल पाणिनि पालिका कमिटीको प्रथम अधिवेशन पणिनि गाँउ पालिकाको सभाहल दुर्गाफाँटमा सम्पन्न भएको छ ।
नेकपा एमाले जिल्ला कमिटीअध्यक्ष पिताम्बर भूसालको प्रमुख आथित्यतामा उद्घाटन भएको प्रथमअधिवेशन राष्ट्रीय युवा संघ नेपाल पणिनि पालिका कमिटीअध्यक्ष वसन्त केसीको अध्यक्षता रहेको थियो ।
पाणिनिमा राष्ट्रीय युवा संघ नेपालको योगदान प्रति सम्मान गर्दै जिल्ला अध्यक्षभूसालले समग्र टीमलाई धन्यावाद ज्ञापन गर्नु भएको छ । पाणिनि पालिकाको युवा संघ जिल्ला कै उत्कृष्ट रहेको भन्दै पटक पटक धन्यवाद सहित उच्च सम्मान गर्नु भएको थियो ।
यस्तै विशिष्ट अतिथिको तर्फवाट मन्तव्य दिदै जिवनारायण कोईरालाले पाणिनि गाँउ पालिकामा राष्ट्रिय युवासंघ नेपालले गरेको योगदान प्रति धन्यवाद ज्ञापन गर्दै युवाहरुको लागी विशेष ध्यान दिदै अवसर प्रदान गर्न आवश्यक रहेको वताउनु भएको छ ।
राष्ट्रीय युवा समयमा वाँ युवावल आवश्यक हुदा मात्र पार्टीले युवाहरुलाई प्रयोग गर्ने तर युवाहरुको आर्थिक अवस्थामा ध्यान नदिदा वैदशिक रोज़गार जानु वा राजनीतिक दलको विकल्प रोज्नु वाध्यता रहेको वताउनु भएको छ ।
पाणिनि गाँउ पालिकाको सभाहलमा सम्पन्न राष्ट्रीय युवा संघ नेपालको पहिलो अधिवेशनमा निवर्तमान अध्यक्ष वसन्त केसी र उपाध्यक्ष खुम सूर्यवंशी दोस्रो कार्यकालको लागी पुनःनिर्वाचित हुनु भएको छ । राष्ट्रीय युवा संघ नेपाल पाणिनि पालिका कमिटीमा वसन्त केसीको अध्यक्षतामा ३० सदस्य पालिका कमिटी निर्वाचित भएको छ ।
प्रथम अधिवेशनमा दोस्रो कार्यकालको लागी पुनः निर्वाचित उपाध्यक्ष खुम सुर्यवंशी,सचिव लक्ष्मण न्यौपाने,उपसचिव दुर्गा भट्टराई र शारदा ठकुरी,कोषाध्यक्ष
कमला पौडेल निर्वाचित हुनु भएको छ ।
काँसीराज भट्टराई,तारा थापा ,विर वहादुर परियार,निराजन पहराई,रचना गौतम,शुस्मा थापा,तुल्सा रेस्मी,कृष्ण वहादुर पोखरेल,सरिता सुर्यवंशी दर्लामी,मिलन शुरयवंशी,पार्वता न्यौपाने,सकुन्तलासोमै,खिम वहादुर सारु,प्रेम थापा,संकर परियार,सरस्वता पाण्डेय,सवाल अली,दीपक नेपाली,
रुपा कुमाल,माधव अधिकारी,शिवलालघिमिरे,भुवन घिमिरे सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
नव निर्वाचित अध्यक्षको तर्फवाट मन्तव्य राख्दै केसीले पाणिनिको राष्ट्रिय युवासंघ नेपाल नमूना हुनेगरी कार्यक्रम सन्चालन गर्ने प्रतीबद्दता जनाउनु भएको छ ।
थप तस्वीर – डिआरजी सुमन, दुर्गाफाँट अर्घाखाँची ।