विधानसभा निर्वाचन विथोल्न भारतको विहारमा नक्सलवादीले गराएको बारुदी सुरुङ विस्फोटमा पाँच जना प्रहरीको मृत्यु

भारतको विहार राज्यमा पर्ने शिवहर जिल्लामा नक्सलवादीले गराएको बारुदी सुरुङ विस्फोटनमा पाँच प्रहरीसहित छ जनाको मृत्यु भएको छ। विस्फोटन प्रहरीको जिपलाई लक्षित गरि गराइएको थियो। विधानसभाको निर्वाचन हुने पुर्व सन्ध्यामा उक्त विस्फोट गराइएको हो।

 

नक्सलवादीले उक्त चुनाव बहिष्कारको घोषणा गरिसकेका छन्। विस्फोटनमा परी मारिएका मध्ये प्रहरी चौकीका प्रमुख र अन्य चार विशेष सहायक प्रहरीका जवान रहेको बताइएको छ।

 

मारिने अन्य एक जना भने जिप चालक भएको बताइएको छ। प्रहरीले सो विस्फोटन नियोजित रुपमा गरिएको र घटनामा संलग्नहरुको खोजीकार्य भइरहेको जनाइएको छ ।