आसियान तथा चीन जापान दक्षिण कोरियाद्बारा कृषि, वन र अन्न सुरक्षा क्षेत्रको सहयोगलाई सबल पार्ने कुरा व्यक्त

एक दिने दशौँ आसियान तथा चीन जापान दक्षिण कोरियाका कृषि र वन उद्योग मन्त्री स्तरीय सम्मेलन हिजो 24 तारिखका दिन कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना भयो।

      उक्त सम्मेलनमा सहभागी भएका मुलुकहरुले सँयुक्त रुपमा कृषि, वन र अन्न सुरक्षा क्षेत्रको सहयोगलाई सबल पार्ने विचार व्यक्त गरेका छन्।

      उक्त सम्मेलनमा प्रकाशित गरेको सँयुक्त वक्तव्यमा सम्मेलनमा सहभागी भएका मुलुकहरुले अन्न कृषि र वन उद्योग क्षेत्रको सहयोगको समर्थन गर्ने , आसियान र चीन जापान दक्षिण कोरियाद्बारा कृषि, वन र अन्न सुरक्षा क्षेत्रको सहयोगात्मक रणनीतिको समर्थन गर्ने र क्षेत्रिय स्थायीत्वका लागी अन्न सुरक्षामा ज्यादै महत्वपुर्ण भुमिका निर्वाह गर्ने कुराको पुनपुष्टि गर्नुभएको छ।

      चिनियाँ कृषि मन्त्रालयका उपप्रमुख श्री को हुङ बिनले उक्त सम्मेलनमा हाल विश्व र क्षेत्रीय अन्न सुरक्षा समस्याको परिस्थिति नराम्रो देखिएकोले यसबारेको वार्ता र सहयोगलाई सबल पार्नुपर्छ र अन्न तथा कृषि समस्यालाई महत्वपुर्ण स्थानमा राख्नुपर्छ भन्ने कुरा ओँल्याउनुभएको छ।