एजेन्सी – पाकिस्तानको कराचीस्थित एक कारखानामा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ।
कारखानामा नि:शुल्क खाद्य सामग्री वितरण भइरहेको थियो। कारखानामा आगो लागेको हल्लापछि त्यहाँ भागदौड मच्चिएको थियो।
भागदौडमा ९ जना महिला र तीन बालबालिकाको मृत्यु भएको हो।
धेरै जना घाइते भएकोमा उनीहरूको उद्वार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको एजेन्सीले जनाएको छ।