सँयुक्त राष्ट्र सँघका महासचिव बान कि मुनले एक वक्तव्य प्रकाशित गर्दै इजरेल सरकारले सोही दिन इजरेली प्रतिरक्षा सेना गाजा क्षेत्रको उत्तरी क्षेत्रबाट हटेर जाने सम्बन्धमा सँयुक्त राष्ट्र सँघबाट प्रस्तुत गरिएको प्रस्तावलाई सैद्धान्तिक रुपमा स्वीकारेकोमा स्वागत व्यक्त गर्नुभएको छ।
महासचिव बान कि मुनले उक्त वक्तव्यमा सो इजरेली प्रतिरक्षा सेना गाजा क्षेत्रबाट हटेर जाने कुराबाट सन् 2006मा सँयुक्त राष्ट्र सँघको परिषदको 1071औं न. प्रस्तावलाई चौतर्फी रुपमा लागू गर्ने क्रममा एक महत्वपूर्ण कदम भएको र सँयुक्त राष्ट्र सँघले गाजा क्षेत्रको स्थान सम्बन्धी समस्याको समाधान गर्नका लागि सम्बन्धित विभिन्न पक्षसँग घनिष्ठरुपमा सहयोग गर्ने कुरा व्यक्त गर्नुभएको छ।