काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनमा अमेरिकाले गरेको ताकेता शंकास्पद रहेको पूर्वउपप्रधानमन्त्री भीम रावलले बताएका छन् । अमेरिकी सहायक उपविदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमणतिर संकेत गर्दै रावलले एमसीसी कार्यान्वयनका लागि तारन्तार नेपाल आएर सबै ठूला नेतालाई भेट्नुको कारण रहस्यमय भएको बताएका छन् ।
‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन ?’ उनले प्रश्न ग रेका छन् ।
अमेरिकाको सहायक विदेशमन्त्री आउँदा प्रधानमन्त्रीदेखि ठूला दलका नेताहरूले भेटवार्ता गर्नैपर्ने कुरा पनि रहस्यमय नै भएकाे उनकाे भनाइ छ ।
हिजो नेपाल आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्रीदेखि प्रमुख दलका प्रमुख नेताहरूसँग भेटवार्ता गरिसकेका छन् । गत वर्ष संसद्बाट एमसीसी पारित भएको थियो ।