काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज सम्बन्धी विधेयकलाई छिटै अघि बढाउने बताएका छन् ।
प्रेस सेन्टर नेपाल, चितवनले भरतपुर विमानस्थलमा शनिबार गरेको पत्रकार सम्मेलनमा उनले सदनमा रहेको विधेयकलाई नै अघि बढाउने प्रक्रियामा छलफल भइरहेको र छिटै अघि बढ्ने बताएका हुन् । उनले यसअघि संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको उल्लेख गर्दै अब बस्ने संसद् बैठकबाट यसलाई अघि बढाउने जिकिर गरे ।
मिटरब्याजी विरुद्धको उजुरी नलिने र छानबिनका क्रममा पीडितको पक्षमा न्याय हुने काम नरोकिने उनको भनाइ छ ।
त्यस्तै गृहमन्त्री श्रेष्ठले ललिता निवास प्रकरणमा व्यक्ति हेरेर नभई प्रहरीले तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्ने बताए । हस्तक्षेप मुक्त भएर अनुसन्धान गरेर अपराधीलाई दायरामा ल्याउन निर्देशन दिएको उनले बताए ।
श्रेष्ठले समाजवादी मोर्चामा डा बाबुराम भट्टराई बाहिर बस्नुपर्ने कुनै कारण नभएको भन्दै उनलाई पनि मोर्चामा सहभागी गराउन छलफल भइरहेको उल्लेख गरे ।