मौसम : आगामी तीन दिनसम्म कम पानी पर्ने

1

काठमाडौं– आगामी तीन दिन नेपालमा भारी वर्षाको सम्भावना कम देखिएको छ। जल जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा तल रहेकाले भारी वर्षा नहुने देखिएको हो।

1

मौसमको न्यूनचापीय रेखा जति तल सर्‍यो पानी पर्ने सम्भावना उति नै कम रहन्छ। माथी सर्‍यो भने धेरै पानी पर्छ।

अहिले न्यूनचापीय रेखा सरदर स्थानभन्दा तल अर्थात्  नेपालभन्दा केही टाढा पर्छ। त्यसकारण भारी वर्षाको सम्भावना कम देखिएको हो। तर, हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ।

अहिले पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडी भू-भागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।