बढ्यो व्यापार घाटा : नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा अहिलेसम्मकै उच्च

1

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय व्यापारमा अहिलेसम्मकै उच्च घाटा ब्यहोरेको छ ।

नेपाल राष्ट्रबैंक र भन्सार विभागको तथ्यांकले गत आर्थिक वर्ष ०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापार घाटा ब्यहोरेको हो ।

व्यापार घाटा ११ खर्ब « Dainik Onlinead

यो व्यापार घाटा अहिलेसम्मकै उच्च हो । आयात र निर्याल दुवै अन्तर्राष्ट्रिय ब्यापारमा देशले घाटा ब्यहोर्नु परेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख रुपैयाँ बराबरको व्यापार घाटा ब्यहोरेको छ ।

1

यस्तै, अघिल्लो आर्थिक वर्षमा २१ खर्ब २० अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा गत वर्ष भने १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ । यसले अन्तर्राष्ट्रिय व्यापारमा १६ दशमलव ५८ प्रतिशतले गिरावट आएको देखाएको छ ।

गत आर्थिक वर्षमा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको आयात गर्दा १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको तथ्यांकले देखाएको छ । नेपालको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १२ प्रतिशत र निर्यातको हिस्सा ८ दशमलव ८८ प्रतिशत रहेको छ ।

यस्तै, गत वर्ष आयातबाट ३ खर्ब ७७ अर्ब २६ करोड ४ लाख रुपैयाँ भन्सार राजस्व उठेको छ । गत वर्ष देशमा सबैभन्दा धेरै १ खर्ब ५३ अर्ब ७७ करोड रुपैयाँ बराबरको डिजेल मात्रै आयात भएको छ । यस्तै ६६ अर्ब ८४ करोड ४८ करोड रुपैयाँको पेट्रोल र ५८ अर्ब १५ करोड ४१ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।

निर्याततर्फ भने पहिलो नम्बरमा रहेको कार्पेट ११ अर्ब ५० करोड ६६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

ad