यतिबेला नेपालका धेरै स्थानमा लामखुट्टेको टोकाइ बाट लाग्ने डेङ्गि रोगको भयाभह अवस्था छ् । बर्षातको समयमा लामखुट्टेले धेरै मात्रामा टोक्ने र रोगको खतरा धेरै हुने हुँदा श्वासथकर्मीहरुले बिभिन्न उपायहरु बताएका छन ।
डेंगीको समयमै उपचार नगरेमा ग्रन्थी प्रणाली तथा रक्तनली नष्ट हुन सक्छन | छालाभित्र रगत जम्ने, आन्तरिक रक्तश्राब हुने तथा रक्तसंचार प्रणाली फेलर हुनसक्छ | साधारण डेंगी भन्दा रक्तश्राबजन्य डेंगी निकै खतरनाक हुन्छ | यसबाट डेंगी सक सिन्ड्रोम हुँदै मृत्यु पनि हुने चिकित्सकहरु बताउदछन |
डेंगीको ठोस उपचार छैन , ज्वरो आउने, टाउको तथा हड्डी दुखेमा ब्रुफिन , निमुसेलाइड ,एस्पिरिन लगायतका औषधि खान नहुने चिकित्सकहरु बताउदछन | पारासिटामोल सुरक्षित हुन्छ, मल्टिभिटामिन खान हुने चिकित्सकहरु बताउदछन , बढाउन हाल मेवाको पातबाट बनेका चक्की बजारमा उपलब्ध छन् |
डेंगीको घरेलु उपचार
• ज्वरो तथा दुखाइको लागि पारासिटामोल मात्र खाने ।
• शक्तिको लागि क्याप्सुलमा एन्टी अक्सिडेन्ट भिटामिन खान सकिन्छ।
• प्रशस्त पानी, जीवनजल, फलफुल, फ्रेस जुस खाने।
• मेवा, अनार, किवी, पालुंगो, काँक्रो प्रशस्त खाने।
• प्लेटलेट घटेमा दिनको ३० मिलि मेवाको पातको जुस खाने।
• बाख्राको दुध प्रतिदिन १ गिलास खाँदा डेंगुमा हुने सेलेनियमको कमी, जसले प्लेटलेट घटाउछ, मा फाइदा हुन्छ।
• रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको रस वा पात खाने।
• अम्बा वा अम्बाको जुस Tannis, vitamins, mineral हुन्छ।
• स्याउ तथा स्याउको रस निकै उपयोगी हुन्छ।
• नीमको पातले पनि प्लेटलेट बढाउछ।
• हरियो सागपात, माछा, मासु, अण्डा र गहुँमा भिटामिन – के पाइन्छ, जसले रक्ताश्राब रोक्न मद्दत गर्छ।
• मेथीको दाना भिजाएर खाँदा यसमा हुने Vitamins C & K, fiber, minerals आदिले रोगप्रतिरोधात्मक क्षमता बढाउछ।
• दुधमा बेसार राखेर खाँदा एन्टी भाइरल औषधिको काम गर्छ।
• तुलसीको पात तथा कालो मरिचमा प्रचुर एन्टी अक्सिडेन्ट तत्व हुन्छन।
• जौंको जमराको रस पनि निकै फाइदाजनक हुन्छ।
• सुन्तला, कागती, नरिवल पानी, सागसब्जी, फलफुल तथा प्रोटिन प्रशस्त पाइने खाना खाँदा फाइदा हुन्छ।
• खीर रुचिकर तथा फाइदाजनक हुन्छ।
• अदुवा, दालचिनी वा तेजपात आदि मिलाएको हर्बल चियाले फ्रेस बनाउँछ।
— ( चिल्लो तथा पचाउन गाह्रो हुने खाना नखाने।)
यी सबै एकैपटक खानुपर्छ भन्ने होइन। यी मध्ये जुन जुन उपलब्ध हुन्छ, त्यो सेवन गर्ने। डेंगीमा पानीको मात्रा कम भएमा सलाइनपानी दिने तथा गाह्रो भएमा अस्पताल भर्ना हुनुपर्दछ। यी घरेलु उपचारसंगै चिकित्सकको निगरानी र उपचार जारी राख्नुपर्छ।
कुन अवस्थामा तुरुन्त अस्पताल जाने ?
– नाक, मुखबाट वा बान्ता गर्दा रगत आएमा
– ज्वरो नियन्त्रण नभएमा
– सेतो रक्तकोष तथा प्लेट्लेट्स निकै घटेमा
– बेहोस होलाजस्तो भएमा
डेंगीबाट बच्ने उपायहरू:
• एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
• आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
• घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
• बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
• पूरै शरिर ढाक्ने लुगा लगाउने ।
• पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
• काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।