-गोपालप्रसाद भट्टराई
भाद्र ७,अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले गत आर्थिक वर्ष २०७९ / ०८० मा ७ करोड २४ लाख बढि राजस्व संकलन गरेको छ । सामुदायिक तथा निजि वनको वन पैदावार सहित अन्य बिभिन्न शिर्षकमा ७ करोड २४ लाख १४ हजार २ सय ९५ रुपैंया राजस्व उठाएको हो ।
डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार सामुदायिक तथा निजि वनको वन पैदावारबाट २ करोड १८ लाख ६४ हजार १ सय ५१ रुपैंया, वन क्षेत्रको रोयल्टीबाट २ करोड ३८ लाख ६० हजार ८ सय ५२ रुपैंया र मुल्य अभिवृद्धि करबाट १ करोड ५८ लाख ८ हजार ७ सय २५ रुपैंया संकलन भएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
सार्वजनिक प्रतिवेदन अनुसार वन कार्यालयले गत आर्थिक बर्ष २०७९र८० मा ९४ दशमलव २९ प्रतिशत वित्तीय प्रगति गरेको छ भने ९७ प्रतिशत भौतिक प्रगति हासिल गरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोतिराम पौडेलले जानकारी दिनुभएको छ ।
कार्यालयले अग्रिम आयकरबाट १ करोड ४ लाख १५ हजार २ सय ४४ रुपैंया राजस्व संकलन गरेको छ । यस्तै बिभिन्न प्रशासनिक सेवा तथा विक्रि शुल्क बापत ३ लाख ६८ हजार ३ सय र बेरुजुबाट ९७ हजार २३ रुपैंया गरि जम्मा ७ करोड २४ लाख १४ हजार २ सय ९५ रुपैया संकलन भएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत यादव सापकोटाले जानकारी दिनुभएको छ ।
एक बर्षमा ७८ हजार बढी बिरुवा रोपियो
सहायक वन अधिकृत पौडेलका अनुसार गत बर्ष डिभिजन वन कार्यालय अर्घाखाँचीले ७८ हजार ७५ वटा विरुवा रोपण गरेको छ । जसमध्ये जडिबुटीजन्य ६२ हजार ५ सय, डालेघाँस ६ हजार ९ सय ५०, वनजन्य ६ हजार ७ सय, बिभिन्न प्रजातिका फुलजन्य १ हजार र फलफुल ९ सय २५ गरि कुल ७८ हजार ७५ वटा विरुवा रोपण गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ । यी बिरुवा जिल्लाका विभिन्न स्थानमा गरि ५१ दशमलव ५ हेक्टर क्षेत्रफलमा लगाइएको हो ।
आगलागी बाट ४ जनाको मृत्यु , करोडौंको क्षती
डिभिजन वन कार्यालयको तथ्याक अनुसार गत बर्ष अर्घाखाँचीमा आगोलागिका कारण ४ जनाको मृत्यु भएको छ । भुमिकास्थान(२ ढाकावाङ्गमा बदेल तथा मुसामा लाग्ने जूम्रा ९किर्ना० मारेर स्क्रबटाइफस बाट बच्ने आशामा जङ्गलमा लगाइएको आगो बस्तीमा पुग्न थालेपछि आगो निभाउन निस्किएका ढाकावाङ्गका ४ जनाको ज्यान गएको हो । घटनामा परि एक जना घाइते हुनुभएको थियोे ।
गत बर्ष जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफल जमिन प्रभावित भएको थियोे । घटनामा ६ वटा घर, ७ गोठ,१ ग्यारेज र १ छाप्रोमा क्षति पुर्याएको तथ्यांक छ । उक्त आगलागीबाट ८ सय कुखुरा, ३ वटा भैंसी र १ सय मिटर पाइप जलेर नष्ट भएका छन् । भने करोडौंको धनमाल जलेर नष्ट भएको छ । हिउँदमा सर्वसाधारणले साबधानी नअपनाउदा हुने आगलागीले जङ्गलमा बनस्पति नष्ट हुँदा बर्षायाममा जंगली जनावरले किसानलाई दुस्ख दिने गरेको छ ।