निजामति कर्मचारीले सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्नेछ : मुख्यसचिव अर्याल

1

काठमाडौं । सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले निजामति कर्मचारी भित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

ad

शुक्रबार सिंहदरबारमा २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले एकात्मक ढाँचाको प्रशासन यन्त्रलाई संघीय शासन व्यवस्था अनुकुल हुनेगरी रुपान्तरण गर्न निजामति कर्मचारी भित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।

1

उहाँले नागरिकले अपेक्षा गरेअनुरुप आफूलाई गतिशिल र प्रभावकारी बनाइ कानूनको कार्यान्वयन, नागरिकमैत्री सेवाप्रवाह, सदाचार र निष्ठासहित २१ औं शताब्दीको सार्वजिनक प्रशासनका आदर्श, मूल्यमान्यतामा आफूलाई खरो उतार्नुपर्ने चुनौति निजामति कर्मचारीसामु रहेको पनि बताउनुभयो ।

मुख्यसचिव अर्यालले मुलुकले अंगीकार गरेको विकास, समृद्धि र सुशासन र दीर्घकालीन लक्ष्यलाई व्यवहारमा उतार्न समग्र निजामति प्रशासन अझ बढी सिर्जनशिल र व्यवसायिक हुनुपर्ने खाँचो रहेको बताउनुभयो ।

उहाँले संविधान बमोजिम संघीय इकाइबीच प्रशासनिक समन्वय कायम गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त बनाउँदै नागरिकले प्रत्यक्ष अनुभुति गर्नेगरी सुशासनको प्रत्याभुति दिलाउनु निजामतिको प्रारम्भिक अभिभारा भएको बताउनुभयो ।

मुख्यसचिव अर्यालले मुलुकको प्रशासन यन्त्रलाई सक्षम, गतिशिल र परिणाममुखी बनाउन निजामति सेवाभित्र रहेका समस्याको उचित समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले संघीय निजामति सेवा ऐन जारी हुन नसक्दा संघीय इकाइबीच प्रशासनिक अन्तरसम्बन्ध कायम हुन कठिन भएको बताउनुभयो ।

प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको सेवा सुविधा तथा व्यक्ति विकासको सम्बन्धमा द्विविधा रहेको, मार्गदर्शक कानूनको अभावमा प्रादेशिक तथा स्थानीय कानून तर्जुमाको लागि आधार सिर्जना हुन नसक्दा प्रदेश र स्थानीय तहमा कर्मचारी अभावको स्थिति रहेको बताउनुभयो ।

ad